२०८१ बैशाख ३१ , सोमवार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

accident i

सुनाखरी न्युज/ काठमाडौं ।
शंखरापुर नगरपालिका-५ पालुबारीस्थित सडकमा बा.प्र०२-०३९ प १०५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएकी ७६ वर्षीया खड्क माया खत्रीको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शुस्मा कोईराला मेम्मोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संखुवासभा, मकालु गाउँपलिका-३ नयाँ बस्तीस्थित सडकमा प्र.१-०२०५२ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोटखोला गाउँपालिका-२ रूकमा बस्ने ४५ वर्षीय कान्छा लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ केन्द्र नुममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, मिर्चैया नगरपालिका-९ घुर्मीमा स.१ त ५७०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया अनिता देवी शर्मा ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।