२०८१ बैशाख २० , बिहिवार

लगातार सुनको भाउ घट्दै

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ।आइतबारदेखि घट्न थालेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।