२०८१ जेठ १ , मंगलबार

कौसीखेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाउनु भएको छ । उहाँको कौसीमा बाँसले बनाएका ¥याकमा गोलभँेडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ ।

उहाँको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उहाँको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । “२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ ।” उहाँले भन्नुभयो “सुरुआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हँु अहिले बिक्री गर्न थालेको छु मासिक चार÷पाँच हजार आम्दानी हुन्छ ।” उहाँले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताउनुभयो । “यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन ।” खत्रीले भन्नुभयो“जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।” तरकारी बिक्रीबाट मासिक चार÷पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

“केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन ।” उहाँले भन्नुभयो “यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।” उहाँले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताउनुभयो । “मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन ।” उहाँले भन्नुभयो “घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।” अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उहाँले बताउनुभयो । “छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन् ।” उहाँले भन्नुभयो“तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।”

उहाँ कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय हुनुहुन्छ । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गर्नुभएको उहाँ ‘हो… जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुनुहुन्छ । बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उहाँको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ।  रासस