२०८१ जेठ १ , मंगलबार

जय शाक्यECI INNOVATIVE MARKETER OF THE YEAR 2023 IN WUXI, CHINA द्वारा सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
श्री उजय शाक्य प्रतिष्ठितECI INNOVATIVE MARKETER OF THE YEAR 2023 बाट सम्मानित हुनु भएको छ । यो अवार्ड ७ डिसेम्बर, २०२३ माECIक्ष्फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदानगरिएको थियो । चीनकोWUXIमासम्पन्नउक्तकार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसक्नु भएको उजय शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणको लागिव हाँले पु¥याउनु भएको उल्लेखनीय योगदानको कदरगर्दै सम्मान गरिएको हो । वहाँले ECIक्ष्फेष्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पार्नु भएको थियो ।

कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मुल्यमान्यताहरुमा रहेको छ । शाक्यलाई प्रदान गरिएको ECI INNOVATIVE MARKETER OF THE YEAR 2023सम्मानले विज्ञापन र बजारीकरणको परिद्दृश्यमा सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रुपमा वहाँको स्थान कायम गरिदिएको छ ।ECIक्ष्फेष्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेलाभएर “Global Sustainable Innovation and Civilization Development Initiative”विषयमाथि छलफल गरेका थिए ।

यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो । WUXI राष्ट्रिय हाइटेक औद्योगीक विकास क्षेत्र व्यवस्थापन कमिटी र IECIA (International Entrepreneurs, Creative & Innovators Association)द्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त ECIक्ष्फेष्टिभल विश्वभरका नवप्रवर्तकहरुलाई एकै स्थानमा जमघट गराउनको लागिप्रख्यात छ । mECIक्ष्फेष्टिभलले आफ्नो प्रभाव र पहुँचलाई विस्तार गर्दै भिन्नभिन्न शहरहरुमा यसप्रकारको भेला आयोजना गर्ने आफ्नो परम्परालाई निरन्तरता दिंदै आइरहेको छ ।