२०८१ बैशाख २२ , शनिवार

सेयर बजारमा उल्लेख्य शुधार, ३६ अंकले बढ्योनेप्से

nepse high

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से मंगलबार ३६.८६ अंकले बढेको छ । यो वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ ।

यस दिन सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४।३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।

परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।

 

अंकका आधारमा बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० ले अंक बढे ।

धेरै रकमको कारोबार हुनेमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र सोल्टी होटल क्रमशः अगाडि रहे । बजार बढ्दा पनि सीवाईसी लघुवित्तको ५ र सिंगटी हाइड्रोको ४ प्रतिशत मूल्य घट्यो ।