२०८१ बैशाख १५ , शनिवार

नेपाल  यू-१९ एसिया कप क्रिकेटमा भारतसँग १० विकेटले पराजित

u19

सुनाखरी न्युज/ काठमाडौं ।

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७।१ ‍ओभरमा भेट्टायो ।

भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए । नेपालबाट ३ जना बलर प्रयोग भएको थियो, तर विकेट भने निकाल्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२।१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । यू(१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।