२०८१ जेठ १ , मंगलबार

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

arrestad 3

सुनाखरी न्युज/ काठमाडौं ।
आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ ।

घरायसी बिवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पबित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।