२०८१ जेठ १ , मंगलबार

हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवापुनःसुचारु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल–चीन संयुक्तलगानी भएको हिमालय एअरलाइन्स्ले डिसेम्बर १२, २०२३ मा लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवापुनःसुचारु गरेको छ।यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने रद्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।यस काठमाडौँ–चोङकिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ। दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्राप्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको छ ।

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक,विशिष्ट विविधपाक–कलाएवम् उच्च प्रविधिविका सयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदानगर्दै नेपालीयात्रुहरू माझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ ।पहिलो आउटबाउन्ड उडान, H9787,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान१०:०७मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५:५०बजे अवतरण गर्ने छ । यस उडानकोअवधि ३ घण्टा १४मिनेटको रहनेछ।पहिलो उडानमा कूलयात्रु संख्या एक सय पच्चिस रहेको थियो ।चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४:२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्नेछ र काठमाडौँमा साँझको६:३५ मा अवतरण हुने छ ।

डिसेम्बर १२ पश्चात् एअरलाइन्स्ले हरेक मंगलबार र शनिबार गरी हप्तामादुई पटक यीदुई सहरहरूकाबीचमा उडान सेवासञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवाहुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चाल नगर्दै आएको छ ।
यस रुटको पुनः सुरुवातले नेटवर्क बिस्तार तथा यात्रुहरूको चाहना अनुरुप नै प्रत्यक्ष, भरपर्दो र आरामदायी हवाई यात्रा अनुभव प्रदान गर्ने लक्ष्यलाई प्रगाढ रुपमा अगाडि बढाउने हिमालय एअरलाइन्स्को प्रतिबद्धतालाई अझ बढी प्रष्ट्याएको छ।आफ्नो नेटवर्कमा थपिएको यो रुटसँगै हिमालय एयरलाइन्स्ले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्ने लक्ष्यराख्दै द्वि पक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पु¥याउने अपेक्षा गरेको छ ।

यस नयाँरुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायमगर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्यलिएको छ। हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँर यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीनदुवै देशका विविधसौन्दर्य तथा अवसरको अन्वेषणमा सहायकसिद्घ हुने अपेक्षा राख्दछौँ ।
यात्रुहरूले हिमालय एअरलाइन्स्को टिकटिङ काउन्टर,आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्स्को आधिकारिक वेबसाइट www.himalaya-airlines.comबाट काठमाडौं–चोङकिङ–काठमाडौं उडानको टिकट बुक गर्न सक्नुहुनेछ।

हिमालय एअरलाइन्स्प्रा.लि.को बारेमा
हिमालय एअरलाइन्स् नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ माभएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स्का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हालमध्य पूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डसर्(SATA) २०१७माआफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँअन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मायसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो ।

विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्चव्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइनबन्यो । हवाई उडान सम्बन्धी प्रशिक्षण सेवाहरू सहितयात्रुहरू र कार्गो सेवाका लागि उच्च स्तरिय सेवाप्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्चकार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स(AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स् (AEDs) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स(OTP) र मुख्यतःआफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।