२०८१ बैशाख २० , बिहिवार

सुन तोलामा ७ सय घट्यो‚ चाँदीको मूल्य स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं।

सुनको मूल्य मंगलबार ओह्रालो लाएको छ। मंगलबार सुन अघिल्लो दिनका तुलनामा तोलामा ७ सय रुपैयाँ घटेको छ। कारोबार मूल्य प्रति तोला १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार तोलाको १ लाख १७ हजार थियो भने आइतबार १ लाख ७ हजार ५ सय रुपैयाँ थियो। तीन दिनमा सुन तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य क्रमिक घटेको छ।

चाँदी भने सोमबार कायम प्रति तोला १४ सय १० रुपैयाँमा आज पनि स्थिर छ। गत आइतबारका तुलनामा १५ रुपैयाँ घटेर उक्त मूल्य कायम भएको हो।