२०८१ बैशाख १५ , शनिवार

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

सुनाखरी न्युज/ काठमाडौं ।
एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।  रासस