२०८१ बैशाख २३ , आइतवार

के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आजमिति २०८० साल मङ्सीर २५ गते सोमबारका दिनबाट यस के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणा ज्यूले यस कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गर्नु भएको थियो

।उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुखकार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।कारोबार सुभारम्भ गरे सँगै शेयर बजारका लगानी कर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवाप्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुखकार्यकारी अधिकृत विनय रेग्मीज्यूले उल्लेख गर्नुभएको छ ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपालधितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।