२०८१ बैशाख १५ , शनिवार

फिलिपिन्स सर्किटमा नेपाली मोटरसाइकल रेसर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एसियाली मोटरसाइकल फेडेरेसन(FIM ASIA)को आयोजनामा डिसेम्बर १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसिया कपअफ रोड रेसिङ्ग (ACRR)फाइनल राउण्डमा भाग लिन दुई सदस्यिय नेपाली टोली आज फिलिपिन्स प्रस्थान गरेको छ । नेपाली राइडर यूकेश थापा तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव विनोद तन्दुकार अफिसियलको रुपमा त्यसतर्पm प्रस्थान गरेका हुन् ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल, उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख अनिलकुमार बराल, मार्शलक मिसनका प्रमुख यदुराज लामिछाने, एथलिटक मिसनका प्रमुख कृष्णपौडेल, राइडरका माता पिता तथा मोटरस्पोर्टस् नेपालक्लबका खेलाडीहरुले नेपाली टोलीलाई आज बिदाइ गर्नुभयो ।

टारल्याक सर्किट हिलट्रयाकमा हुने २०० सिसिका मोटरसाइकलको सो रेसमा एसिया महादेशका दसवटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् । १५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको उक्त ट्रयाकमा१५ वटा मोडहरु रहनेछन् । नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, सिंगापुर, इरान,श्रीलंका, ताईवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।