२०८१ बैशाख २१ , शुक्रवार

आज पनि घट्यो सुन–चाँदीको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।