२०८१ जेठ ७ , सोमवार

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा, यस्ता छन् एजेण्डा !

Deuba Prachanda Nepal

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी छन् ।

एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।

यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ ।