२०८१ बैशाख २० , बिहिवार

आज बालाचतुर्दशीः पितृको सम्झनामा शतबीज छरेर मनाइयो

Screenshot 2023-12-11 105527

सुनारखी न्युज/ काठमाडौं ।

आज बालाचतुर्दशी, दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर पर्व मनाइएको छ ।

आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् ।

 

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रका १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा शतबीज छर्ने गरिन्छ ।