२०८३ श्रावण २९ , शुक्रवार

मृत अवस्थामा फेला

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
बझाङ, केदारस्युँ गाउँपालिका-१ बिलै बस्ने २५ वर्षीय राम कुमार भण्डारी सोही ठाउँस्थित चौडाम बगरको भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । खेतमा सिँचाई गर्न गएका उनी अवेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ पर्सा राष्ट्रिय निकुञ्ज नजिक भेराहा खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनस्थित कुलोमा सोही महानगरपालिका-५ पर्स्याङ बस्ने ५५ वर्षीय भिम बहादुर केसी शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सोही महानगरपालिका-७ घारीपाटनस्थित सेती नदीको खोँचमा सडिगलेको अवस्थामा हाल पहिचान नखुलेको मानिसको शव फेला परेको छ ।

डोटी, जोरायल गाउँपालिका-१ धरमपुरस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।रामेछाप, रामेछाप नगरपालिका-६ हुदिल बस्ने ६१ वर्षीय श्याम कुमार खड्का सोही ठाउँस्थित बोक्सेपानी भिर तल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।