२०८१ बैशाख २४ , सोमवार

सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल.सेक्यूरिटिज संचालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
धितोपत्र व्यवसायी (धितोपत्रदलाल, धितोपत्रव्यापारी तथाबजार निर्माता) नियमावली, २०६४ को नियम ७उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वाबित्तीय संस्थाले आप्mनो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्पmत धितोपत्रदलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७६।०२।२८ स्थापित सि.बि.आई.एल. सेक्यूरिटिज कम्पनी लिमिटेडले श्री नेपालधितोपत्र वोर्डवाट मिति २०८० श्रावण ३२ गतेका दिन र नेपाल स्टक एक्सचेन्ज लिमिटेडवाट मिति २०८०।६।२९ मा धितोपत्रदलाल नं.९१ सदस्यता प्राप्त गरिएकोमा आज मिति२०८०।०८।२४गतेका दिन एक समारोहका बीच सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष श्री प्रबलजंग पाण्डे ज्यूले कम्पनीको विधिबत उदघाटन गरी कम्पनीको टि.एम.एस सेवासंचालनमा ल्याउनु भयो ।

कार्यक्रमलाई संबोधन गर्दैअ ध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सि.बि.आई.एल. सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गर्नुभयो । साथै सिटिजन्स बैंकका प्रमुखकार्यकारी अधिकृतश्री गणेश राज पोखरेल ज्यूले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।यो संस्था बैंकको आफ्नै कुपन्डोल स्थित भवन बाट संचालनमा ल्याइएको छ ।

उक्त उदघाटन समारोहमा सिटिजन्स बैंकका संचालकज्यूहरु ,प्रमुखकार्यकारी अधिकृत र उच्च व्यवस्थापन लगायत उक्त सेक्यूरिटिजका संचालकहरु, कम्पनी कर्मचारीहरुको उपस्थिति थियो ।धितोपत्रबजारमा एक विश्वसनीय धितोपत्रदलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधानकार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ । यस कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत प्थ्ऋखोल्ने सेवा समेत प्रदान गरिने व्यवस्थागरिएको छ ।

यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवाप्राप्तगर्न सक्नेछन । यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवाप्रदान गर्ने उद्देश्य लिइएको छ ।सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाखहजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।