२०८१ बैशाख १८ , मंगलबार

गीत संगीतमा सक्रिय शान्ति श्रीस मगर, सार्वजनिक गरिन् ‘जाम हिड साइली’

Capture

सुनाखरी न्युज/पोखरा ।
गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ ।

गायिका शान्ति श्रीस मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना मगरको शब्द संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको सम्पूर्ण छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।श्रीस गीतबाट आशावादी छिन् । समय सान्दर्भिक गीत भएकाले पनि उनलाई आशा जागेको हो ।

गीतमा देशको अवस्थालाई चित्रित गर्न खोजिएको छ । परदेशीन बाध्य हुनुपर्ने युवाको अवस्थालाई झल्काइएको छ । जसमा प्रेमका भावहरु समेत समेटिएका छन् ।एक दशक देखि ग्लोरी फेसन होम संचालन गर्दै आएकी श्रीस बुटिक एसोसिएसन नेपाल पोखराको अध्यक्ष हुन् । रोटरी क्लब अफ पोखरा मिडटाउन लगायत विभिन्न सामाजिक एवम् संस्थामा समेत आबद्ध श्रीसले ‘गल्छी झरेसी’, ‘जुन तारा’, ‘फूल जस्तो मेरो जोबान’ लगायतका गीतहरु यसअघि सार्वजनिक भएका छन् ।