२०८१ बैशाख २० , बिहिवार

एकै दिनमा प्रतितोला एक हजार ३०० रूपैयाँ घट्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।