२०८१ बैशाख २० , बिहिवार

गुम्बा बनाउन दस लाख सहयोग

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गर्नुभएको छ ।

निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उहाँले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराउनुभएकोे बताइएको छ । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउनुभयो । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बुद्धको गुम्बा निर्माणका लागि पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

 

गुरुङले भन्नुभयो, “यहाँको आकर्षण बढाउन शाक्यमुनि गुम्बा निर्माण थालिएको थियोे । यहाँ शाक्यमुनि बुद्धका मूर्ति छन् ।” सोही ठाउँमा उहाँकै सक्रियतामा अर्को गुम्बा पनि निर्माण थालिएको छ । भियतनामी शैलीमा भियतनामी इञ्जिनीयरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको होे । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गुम्बाले टेवा पु¥याउने गुरुङको भनाइ थियो।

बुद्धजयन्तीका बेला यहाँ बौद्ध धर्मावलम्बीको भीड लाग्ने गर्छ । गुम्बा संरक्षणका लागि गणेशबहादुर गुरुङकै संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको छ ।  रासस