२०८१ बैशाख १५ , शनिवार

एनसेलओपन गल्फप्रतियोगिताःबाबु शेर्पाले जीते उपाधी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एनसेलले गोकर्ण गल्फक्लबमामंसिर २२ र २३ माआयोजना गरेको ‘एनसेल ओपन गल्फप्रतियोगिता’शनिवार सफलतापुर्वक सम्पन्नभएको छ । यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो ।एनसेलले आयोजना गरेको यस दुई दिने गल्फप्रतियोगिताले गल्फ खेलाडीहरु तथा यस खेलकापारखीहरुलाई एउटै प्लेटफर्ममाल्याई प्रतियोगितालाई एक स्मरणीय उत्सवबनाएको छ ।

एनसेलओपन गल्फप्रतियोगितामाबाबु शेर्पामुख्यउपाधीजित्न सफलभए । शनिवार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयीभएकाथिए । यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रोफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभजित्न सफलभएका छन् ।१ प्वाइन्टसहितबराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीचब्याकनाइनमा २३ अंक जोड्दै केसी रनरअफभए। केसीलेपुरस्कार स्वरुप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् ।

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधिशदभावआचार्यले जित्न सफलभए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनिजित्न सफलभए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुपप्राप्त गरे ।त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमातारा कार्की चित्रकार विजयीभएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गर्नुभएको छ भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा रनरअप भइन् ।

३७ प्वाइन्टको साथ रविन्द्र पुरुषढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दामाथि) विजयीभएका छन् । त्यस्तै होलको आठ इन्चनजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथमोस्ट बर्डिजको उपाधिजित्न सफलभए ।यो प्रतियोगिता ३÷४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो ।एनसेलकाप्रमुखकार्यकारी अधिकृत तथाप्रबन्धनिर्देशक जाब्बोर कायुमोभ र गोकर्ण गल्फ क्लबका क्याप्टेन सहितअन्यपाहुनाहरुले विजयीहरुलाई पुरस्कार हस्तानतरण गरका थिए।

गल्फप्रतियोगितामाआफ्नो उत्साहव्यक्तगर्दै एनसेलकाप्रमुखकार्यकारी अधिकृत तथाप्रबन्धनिर्देशक जाब्बोर कायुमोभले भने, “यस प्रतियोगितालाई हामीले हाम्रागल्फप्रेमी ग्राहकहरूलाई एक अनुपमअनुभवप्रदान गर्न सक्षमभएका छौं भन्ने प्रमाणका रूपमा हेरेका छौं । यो केवल एक प्रतियोगितामात्रनभई सम्बन्धहरु स्थापित गर्ने, मित्रतागाँस्ने र हाम्रा साझेदारहरूसँग दीर्घकालीन सम्बन्धहरू बनाउने कार्यक्रमपनिहो । गोकर्ण फरेस्ट रिसोर्ट, प्रायोजकहरू र यस कार्यक्रमलाई सम्भव बनाउन महत्वपूर्ण भूमिकानिर्वाह गर्ने हाम्रा सबै साझेदारहरूलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । तपाईंहरुको समर्थन र सहयोगीभावनाहरु सफलताकालागिमहत्त्वपूर्ण छ ।”

यस प्रतियोगिताबाट एनसेलले रु २ लाख८६हजार गल्फप्रतियोगिताकालागिदर्ता शुल्कवाफत संकलन गर्न सफलभएको छ । संकलित रकममा एनसेलले थपेर हालै कर्णालीप्रदेशमागएको भूकम्पका कारण क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमको पुनर्निर्माण कार्यका लागि सहयोग स्वरुपप्रदान गर्नेछ ।एनसेलओपन गल्फप्रतियोगितालाई सामसुङ नेपाल, फ्लाई दुबई र फ्लाई दुबई होलिडेस, द टेरेसेस रिसोर्ट एन्ड स्पा, दुसितप्रिन्सेस, कोका–कोलाबेभरेजेज् नेपालले सहयोग गरेको थियो । एनसेलले यो गल्फप्रतियोगिता ६÷६ महिनाको एक पटक गरि वर्षमादुई पटक आयोजना गर्नेछ ।

एनसेलको बारेमा
एनसेल नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायककम्पनीहो । सन् २००४ मा स्थापनाभई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिकजिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
एनसेलउत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ ।