२०८१ जेठ ५ , शनिवार

देशको अवस्था सुधार्न, एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली

KP-Sharma-Oli (1)

उजाड / पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएका छन् ।

 

एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धन मार्फत सरकार सञ्चालन गरेपनि उनीहरुले एमालेको मात्र विरोध गर्ने गरेको आरोप छ ।

वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै ध्यान दिन नसकेको ठोकुवा समेत गरें । एमालेको सरकारको पालामा जनतामा आशाको सञ्चार जागृत गराएको भन्दै उनले एमाले बाहेक अरु कसैले देश बनाउन नसक्ने समेत दावी गरें । ‘एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भैसक्यो, भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्, उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, विकास निर्माण होइन, जनताकासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर निउ¥याउँछन् ।’ उनले भने । अहिले देखिएको अवस्थामा सुधार ल्याउनका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने भएकोले एमालेले मिसन ८४ अगाडि बढाएको उनले खुलाए ।

 

एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दोे अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउदै नयाँ आशाको सञ्चार गराउने उनको भनाई थियो । ‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाली सुखी नेपाली बनाउनका लागि हो, देशको सम्पूर्ण क्षेत्रको अहिलेको दयनिय तथा ओरालो लाग्दो अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि एमालेको एकल बहुमत आवश्यक छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ’ उनले प्रष्ट पारें । आफूहरुले निर्माण गर्न खोजेको गन्तव्यमा पुर्याउन सबै जनता सचेत, संगठित र आन्दोलीत हुनुपर्ने उनको भनाई छ । अहिलेको सरकार र सरकारमा हुने पार्टीबाट भने देश निर्माण गर्ने काम पुरा नहुने उनको ठोकुवा छ ।