२०८१ बैशाख १५ , शनिवार

पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम

Capture

सुनाखरी न्युज/ पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत डबल्स पुरुषतर्फ नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी प्रथम भएको छ । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरे ।

महिला डबल्सतर्फ जापानकी उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम भए । फाइनल खेल खेलमा यो जोडीले भारतका भेनेला रेडी गारुगुपाटी र सायवी सायवी गौरव दलालको जोडीमाथि ६–३, ६–३ को नजिता निकाले ।प्रतियोगिताको पुरुषतर्पm उपाधीका लागि आरब सम्राज हाडा र एलेक्से सिवोइव भिड्ने भएका छन् । आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जित हाँसिल गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवालाले फाइनलमा स्थान सुरक्षित पारेका छन् । आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका सर्मालाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको समापन शनिबार हुने आयोजक संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङ्गले जानकारी दिए।