२०८१ बैशाख २१ , शुक्रवार

नेपाल लाइफद्वारा ६९.६२ अर्वको दावी भुक्तानी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफइन्स्योरेन्स कम्पनीले २०८०असोज मसान्त सम्ममा६९.६२अर्व दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्व र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्वदावी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाललाइफ स्थापित भएको छ ।

नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने नेपाललाइफइन्स्योरेन्स कम्पनीले २०८०असोज मसान्त सम्ममा१३,५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ। कम्पनीले Conventional प्लान अन्तर्गत ११,१७७जनालाई ३ अर्व७१ करोड र बैदेशिक रोजगारी तर्फ २,३३५ जनालाई १ अर्व ९७ करोड भुक्तानी गरिसकेको छ।यस कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहजबनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको छ। यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशतदावी पÞmर्छ्रयौटभई सकेको कम्पनीले जनाएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावीभुक्तानी ३ कार्य दिनभित्रर सामान्य मृत्यु दावीभुक्तानी ७कार्य दिनभित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ । यस अवधिमा ४६ प्रतिशत मृत्यु दावीभुक्तानी तीन दिनभित्र गरेको छ ।

यसै गरी ६७प्रतिशत निवेदन एक हप्ताभित्र र ८१ प्रतिशतमृत्यु दावीभुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ । दावी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो websiteमासमेत सूचना सम्प्रेषण गरेको छ। दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दावीविभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आवहान गर्दछ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानीगर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ।

नेपाललाइफइन्स्योरेन्स कम्पनीले मृत्यु दावीभुक्तानी गर्नको लागिआफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ। यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावीभुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा यस कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।आर्थिक वर्ष २०७९।८० मा ९९.१३प्रतिशत मृत्यु दावीभुक्तानी गर्दै नेपाललाइफ सर्वाधिक मृत्यु दावीभुक्तानी गर्ने जीवनबीमा कम्पनी बन्न सफलभएको छ ।

आर्थिक वर्ष २०७८।७९ माकम्पनीले ९९.०७प्रतिशत मृत्यु दावीभुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावीभुक्तानी गर्न कम्पनीकटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रमुखकार्यकारी अधिकृत पराजुलीले व्यक्त गर्नुभएको छ ।