
सुनाखरी न्युज/ काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाएपछि घट्दो क्रममा रहेको ब्याजदर झनै घट्ने भएको हो ।
पहिलो त्रैमासिक समीक्षाअनुसार बैंकदर ०.५ प्रतिशत विन्दु र नीतिगत दर १ प्रतिशत विन्दुले घटाएपछि ब्याजदर थप घट्ने भएको हो ।
‘मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ । नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरिएको छ,’ शुक्रबार सार्वजनिक पहिलो त्रैमासिक समीक्षामा भनिएको छ, ‘निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।’
नयाँ ब्यवसथ सँगै शेयर बजारमा सकारात्मक प्रभाव पर्ने आँकलन गरिएको छ ।