२०८१ जेठ ४ , शुक्रवार

सिटिजन्स बैंक  तथा ईनलाइटन मोटर्स प्रा.लि.बीच BYDगाडी खरिद कर्तालाई AUTO LOAN का लागि सम्झौता वृद्धि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रबुटवल,रुपन्देही स्थित ईनलाइटन मोटर्सप्रा.लि.बीच BYD ब्राण्डका विद्युतिय सवारी साधनखरिद गर्दा ग्राहकहरूलाई सहुलियतदरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कम्पनीबीचको यो सम्झौतामा BYD ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमाकर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ ।

यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०% सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामाहुनेछ ।यो योजनामा शर्तहरु लागु हुनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९०वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख८१हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।