२०८३ जेठ १ , शुक्रवार

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाई

prachand bhatghat

 

सुनाखरी न्युज  / काठमाडौं ।

कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल–हमास युद्धमा बन्दी बनाइएका विपिन जोशीका बाबुआमासँग भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्डले  शुक्रवार बिहान धनगढी विमास्थलमा विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीलाई भेटेर विपिनको रिहाईको लागि सक्दो पहल गरिरहेको जानकारी दिए ।

 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी  ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यँहा पुगेका थिए ।

 

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई हमासले नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेको छ । यद्यपी, उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।