२०८१ जेठ ६ , आइतवार

प्रधानमन्त्री दाहाल धनगढीमा

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आइपुग्नुभएको छ । धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उहाँ विहान धनगढी आइपुग्नुभएको हो ।

प्रधामन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गर्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

अध्यक्ष अहिले दाहाल कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ । सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।  रासस