२०८१ बैशाख १८ , मंगलबार

ट्यांकी कुल्चेर नाचेपछि प्रकाश सपुत आलोचित

OIP (2)

सुनाखरी न्युज  / काठमाडौं ।

भिडियो क्लीप विवादमा मुछिएका गायक प्रकाश सपूतले माफी मागेका छन् । इनारमाथि नाचेको भिडिओ क्लिप बाहिरिएपछि विवादमा मुछिएका गायक प्रकाश सपूतले माफी मागेका छन्। उनले ‘कमाउने नि हो रमाउने नि हो’ बोलको गीतको भिडिओ सुटको क्रममा कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा नाचेको भन्दै नेवा: समुदायले गम्भीर आपत्ती जनाएका थिए। सामाजिक सञ्जालमार्फत सपुतले आफू लज्जित भएको माफी मागेको बताएका हुन् ।

 

‘मेरो अज्ञानता प्रति लज्जित छु । विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवा: समुदाय  प्रति क्षमा चाहन्छु। अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निरास बनाएकोमा म दुखी छु’, उनले लेखेका छन्। भिडियोको सर्जक,  गायक,  निर्माता र निर्देशक अरू नै भएको आफू कलाकारको रुपमा त्यहाँ रहेको उनले बताएका छन्। आफूलाई त्यसरी ईनारमाथि चढ़न हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर नभएको उनले स्पष्ट पारेका छन्।भिडिओ चार महिनाअघिको हो । म्युजिक भिडियोको कोरियोग्राफी शंकर बीसीले गरेका थिए । तर, अहिले भिडिओ भाइरल बनेपछि प्रकाश सपुतले सञ्जालमा गाली गाइरहेका छन् ।

 

‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने बताइएको उक्त ट्यांकीमाथि उभिएर नाचेपछि सपुत आलोचित छन् ।इतिहासविद्का अनुसार उक्त इनार मल्लकालमा बनाइएको र त्यो कुमारीको निजी इनार समेत हो । हिउँदमा कुमारीले सो इनारको पानी प्रयोग गर्ने बताइन्छ । गीतको पुरै छायांकन वसन्तपुर क्षेत्रमा भएको थियो ।