२०८१ बैशाख १७ , सोमवार

बलिउड अभिनेता जुनियर महमूदको निधन

OIF

 

सुनाखरी न्युज  / काठमाडौं ।

बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा शुक्रवार विहान निधन भएको छ । पछिल्लो १८ दिनदेखि उनी थला परेका थिए । जूनियर महमूदले हाथी मेरे साथी, कारवाँ, मेरा नाम जोकरसहित विभिन्न फिल्महरुमा काम गरिसकेका छन् । उनले थुप्रै चलचित्रमा बालअभिनेताको भूमिका निर्वाह पनि गरेका छन् ।

जूनियर महमूदका छोरा हसनैनले आफ्नो पिताको निधनको पुष्टि गरेका हुन् । उनले जूनियर महमूदको गए राति दुई बजे निधन भएको बताएका छन् । शुक्रवार दिउँसो १२ः३० मा उनको अन्तिम संस्कार सान्टाक्रूजको एउटा कब्रस्तानमा गरिनेछ ।मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत महमूदलाई जीतेन्द्र, सचिन सचिन पिलगांवकर, जोनी लिभरलगायत कलाकारहरू भेट्न पुगेका थिए । जीतेन्द्र र महमूदले कारवा र सुहाग रात चलचित्रमा सँगै अभिनय गरेका थिए ।

 

केहि दिन अगाडि जूनियर महमूदको पेटको क्यान्सरबाट पीडित भएको खबर मास्टर राजूले दिएका थिए । त्यसपछि उनलाई केहि कलाकार भेट्न पुगेका थिए । जुनियर महमूदको परिवारमा श्रीमती, दुई छोरा, बुहारी र एक नाती छन् ।