२०८१ बैशाख १७ , सोमवार

चिनियाँ उपराष्ट्रपति र होन्डुरसका कङ्ग्रेस अध्यक्ष बीच भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
चीनका उपराष्ट्रपति हान झेङले होन्डुरसको राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष लुइस रेडोन्डोसँग बिहीबार बेइजिङमा भेटवार्ता गर्नु भएको छ ।उपराष्ट्रपति हानले चीन र होन्डुरस बीचयसै वर्षको मार्चमा स्थापना भएको कूटनीतिक सम्बन्ध आफैँमा राम्रो शुरुवात भएको र यसको निरन्तर विकास भइरहेको उल्लेख गर्नुभएको छ ।

चीन, होन्डुरससँग दुई राष्ट्र प्रमुखले हासिल गरेको महत्त्वपूर्ण सहमतिलाई सक्रियरूपमा कार्यान्वयन गर्न, राजनीतिकरूपमा आपसी विश्वास सुदृढ गर्दै व्यावहारिक सहयोग विस्तार गर्न एवं जन–जनबीचको सम्बन्ध र बहुपक्षीय समन्वयलाई सुदृढ गर्न आवश्यक रहेको हानको भनाइ छ ।

उपराष्ट्रपति हानले आधुनिकीकरणको बाटोमा होन्डुरससँग हात मिलाएर अगाडि चीन तयार रहेको बताउँदै आपसी सिकाइ, ऐक्यबद्धता, सहयोगलाई प्रवर्द्धन गर्न, आपसी लाभ र साझा विकास हासिल गर्न चीन इच्छुक रहेको पनि धारणा व्यक्त उल्लेख गर्नुभएको छ ।

यसैगरी अध्यक्ष रेडोन्डोले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नु होन्डुरसको ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै यो कदम दीर्घकालीन परिप्रेक्ष्य र जनताको इच्छा अनुरूप रहेको पनि उल्लेख गर्नु भएको छ ।होन्डुरसले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालन गरेको र होन्डुरसको राष्ट्रिय कङ्ग्रेस आपसी सहयोगलाई प्रवर्द्धन गर्न र दुई देशका जनताबीचको मित्रता थप सुदृढ पार्न इच्छुक रहेको अध्यक्ष रेडोन्डोले बताउनु भएको छ । रासस/सिन्ह्वा