२०८१ बैशाख २३ , आइतवार

माछापुच्छ«े सेक्युरिटिज लिमिटेडको समुदघाटन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ«े सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न भएको छ । मिति२०८०÷०८÷२१गते विहिबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमकावीच नेपाल धितोपत्र बोर्डका अध्यक्षश्री रमेश कुमार हमालज्यूले उक्त माछापुच्छ«े सेक्युरिटिज लिमिटेडको समुदघाटन गर्नुभएको हो ।

काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि माछापुच्छ«े सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमाकार्य शुभारम्भ गरेको हो । माछापुच्छ«े सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुखअतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यूले धितोपत्र बजारको बिकास र बिस्तार को लागी माछापुच्छ«्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले धितोपत्रबजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ«्रे सेक्युरिटिज लिमिटेडलाई स्वागतगर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

साथै सोही कार्यक्रममा बोल्दै माछापुच्छ«े बैंक लि. कापूर्व अध्यक्षएंव गैर आवासिय संघका संस्थापकअध्यक्ष डा. उपेन्द्र महतो ज्युले माछापुच्छे्र«बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापनाभएको माछापुच्छ्रे« सेक्युरिटिज लिमिटेडले माछापुच्छ«े बैंक लि. ले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्तगर्नुभयो ।

त्यस्तै माछापुच्छ«े बैंक लि. का अध्यक्ष श्री रोशन केसी ज्यूलेअसल संस्थागत सुशासन, पुर्वाधार तथा नियम व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनिय तरिकाले धितोपत्रबजारको सेवाप्रदायकको रुपमा माछापुच्छ«्रे सेक्युरिटिज लिमिटेडले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा माछापुच्छ«्रे बैंक, माछापुच्छ्रे« क्यापिटल तथा, माछापुच्छ्रे« सेक्युरिटिज लिमिटेडका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरु, माछापुच्छ«े बैंक लि. का प्रमुखकार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।