२०८१ बैशाख १६ , आइतवार

दुर्घटनापछि अमेरिकी सेनाले ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्ड गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी सेनाले बुधबार आफ्नो भी- २२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ । वायुसेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका आठ अमेरिकी सेनाको मृत्यु भएको एक हप्तापछि अनेरिकलाले फ्लीटलाई ग्राउन्डिङ गर्न लागेको हो ।

युएस एयर फोर्स स्पेशल अपरेशन कमाण्डले विज्ञप्ति जारी गर्दै यसका कमाण्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सी भी-२२ ओस्प्रेको दुर्घटना बारे “अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्न” स्ट्यान्डडाउनको निर्देशन दिइएको जनाएको छ । गत हप्ता सो विमानमा सवार आठ जना चालक

दलका सदस्यहरू दक्षिणी जापानको याकुशिमा टापुमा मारिएका थिए । मारिने ती सबै एएफएसओसीका सैनिक थिए।
विज्ञप्तिमा भनिएको छ- प्रारम्भिक अनुसन्धानले सम्भावित उपलब्ध सामग्रीको विफलताले दुर्घटना निम्तिएको जनाएको छ ।तर यस बारे वास्तविक कारण अझै पत्ता लागेको छैन। रासस/सिन्ह्वा