२०८१ बैशाख २४ , सोमवार

काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना कति ?

weither

सुनाखरी न्युज/ काठमाडौ ।

 

काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा चिसो बढेको छ । पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ ।

बिहीबार दिउँसो काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्सियस छ भने पारदर्शिता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार कर्णाली र सुदूरपश्‍चिम प्रदेशबाहेकका क्षेत्रमा मौसम सफा छैन । ‘यो आंशिक बदली मात्र हो, वर्षाको भने सम्भावना छैन’, उनले भनिन् ।

 

बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा मौसम बदली हुने मौसमविद् नगरकोटीले बताइन् । कोशी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना छ ।