२०८१ बैशाख २० , बिहिवार

सुनको भाउ आज बजारमा कति तोला ?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  आज  भने चाँदीको मूल्य घटेको छ।