२०८१ असार ५ , मंगलबार

टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान

Capture

सुनाखरी न्युज/ काठमाडौँ । सिप्रदी अटोपार्टस प्रा.लि ले प्रदेश सातको धनगढीमा टाटा गाडीहरुसगं सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ। यसको प्रमुख उद्धेश्य टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने थियो ।

यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिस्ठ महा.प्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाईदाहरुको बारेमा प्रकाश पार्नुभयो ।

 

सो कार्यक्रममा करिब ५० जनाको उपस्थिती थियो र कार्यक्रम सिप्रदी अटोपार्टसका क्षत्रिय प्रबन्धक डम्बर चन्दले गर्नुभएको थियो । साथै उत्कृष्ठ काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको थियो ।