२०८१ बैशाख १७ , सोमवार

उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दै गयो’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले नेपाल विकासबाट पछि पर्नुुमा उत्पादन नगर्ने तर हरेक बस्तु बाहिरबाट आयात गर्ने गर्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बताउनुभएको छ । उहाँले नेपालमा जनैदेखि सियो–धागोसम्म पनि विदेशबाट ल्याउने गर्दा आर्थिक अवस्था बिग्रँदै गएको छ भन्नुभयो ।

सदरमुकाम चरिकोटमा दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले आर्थिक सङ्कटको प्रमुख कारण विदेशी वस्तुमा रमाउदा र स्वदेशमा कामको सम्मान पनि नहुँदा समस्या उत्पन्न भएको हो भन्नुभयो । उहाँले राज्यबाट विनियोजित रकम यो सरकारको त होनी भन्ने मानसिकता तल्लो तहसम्म हुँदा देश कङ्गाल हुन लागेको उल्लेख गर्नुभयो ।

क्रसर उद्योग सञ्चालनमा ल्याउन गरिएकोे मागमा मन्त्री लामाले क्रसर खोल्न पाउने विभिन्न प्रावधान छ तर विदेशी नीतिको नक्कल गरेकै कारण देशका क्रसर सञ्चालनमा नआएको बताउनुभयो । देशको भौगोलिक बनावटका आधारमा क्रसर सञ्चालन नीति बनाउनुपर्नेमा त्यो नहुँदा समस्या उत्पन्न भएको उहाँले जोड दिनुभयो । रासस