२०८१ बैशाख २४ , सोमवार

दुई दिनमा प्रतितोला ३ हजार दुई सय रूपैयाँ घट्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
गत सोमबार प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँ पुगेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार र बुधबार गरी दुई दिनमा तीन हजार दुई सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।