२०८१ जेठ २ , बुधवार

सेयर बजारमा मूल्य घट्ने क्रमको निरन्तरता

Share Down

 

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।केही दिनदेखि नेप्से लगातार घट्दो क्रममा जाँदा बजार पूँजीकरण १६ खर्ब २० अर्बमा खुम्चिएको छ । साताको पहिलो र दोस्रो कारोबार दिन अर्थात् आइतबार र सोमबार नेप्से परिसूचक घटेकामा मंगलबार पनि १०।१० अंकले गिरावट आएको हो । सोमबार ३।४३ अंकले घटेको नेप्से परिसूचक आज १०।१० अंकले घटेर १८३७।७१ विन्दुमा पुगेको हो।

 

मंगलबार कारोबारमा आएका १२ समूहको उपसूचक घटे। ६२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६१ वटाको घटेका छन् भने १४ वटाको मूल्य स्थिर रहे।  महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् ।

 

यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरुले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार सुधार हुन नसक्नुका थप कारण हुन् ।