२०८१ जेठ १ , मंगलबार

तस्करीको सुन गाल्ने न्यूरोडमा रहेको कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

gold

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति  ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

कारखाना सञ्चालक नागरजुङ बस्दै आएका कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।