२०८१ बैशाख २२ , शनिवार

डलरको भाउ बढेको बढ्यै, बुधबार एक अमेरिकी डलरको विनिमय दर कति ?

American-Doller

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर  कमजोर बन्दै गएको छ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि यही मंसिर १२ मा एक अमेरिकी डलरको विनिमय दर १३३.७० रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १३३.५७ रुपैयाँभन्दा तल देखिएको झरेको छैन । बरु त्यही बिन्दुबाट फेरि उकालो लागिरहेको छ । सोही क्रममा बुधबार डलरले फेरि नयाँ रेकर्ड बनाएको हो । बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १३३.१२ रुपैयाँ तय भएको छ ।

पछिल्ला महिनामा निरन्तर रूपमा अमेरिकी डलरको भाउ उकालो लाग्नुको मुख्य कारण सुधारोन्मुख अमेरिकी अर्थतन्त्र र त्यहाँ बढ्दो ब्याजदर हो । अमेरिकी केन्द्रीय बैंकले पछिल्लो एक–दुई वर्षयता निरन्तर ब्याजदर बढाइरहेको छ । सोही क्रममा गत जुलाईमा अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो । अमेरिकामा ब्याजदर उच्च हुँदा लगानीकर्ता डलरतर्फ आकर्षित हुने भएकाले त्यसको माग बढ्छ । माग बढेपछि डलरको बलियो बन्छ भने अरू मुद्रा कमजोर बन्छन् । पछिल्ला महिनामा अमेरिकामा मुद्रास्फीति घट्दो क्रममै रहे पनि अझै अपेक्षा गरिएभन्दा बढी नै रहेकाले त्यससँग जुध्न पनि फेडले अझै ब्याजदर बढाउने विज्ञहरूको अनुमान छ ।