२०८१ बैशाख २२ , शनिवार

काठमाडौंको इमाडोलमा सिटिजन्स बैंकको १९० औं शाखा संचालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
हालै खोलिएको टेकु शाखा र इमाडोल शाखामा विशेष छुट विगत डेढ दशकदेखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्गसेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा काठमाडांैको इमाडोलमा संचालनमा ल्याएको छ।यससंगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा५२ वटा शाखाहरु संचालनमा रहेका छन् ।

नयाँ शाखासंचालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइलबैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुुल्क प्राप्तगर्न सकिनेछ । साथै लकर सुविधालिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुुल्कमा ५०५ छुट उपलब्धरहेको छ । यो सुविधाहरु हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ ।इमाडोलमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकसंचालक समितिका अध्यक्ष श्री प्रबलजंग पाण्डेज्यूले नयाँशाखाको शुभारम्भ गर्नुभयो ।कार्यक्रमलाई संवोधनगर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैतानगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गर्नुभयोे ।

सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुखकार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्तशाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यस शाखामार्फत लकर सेवा, ए.टि.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५० वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख७९हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।