२०८१ बैशाख २२ , शनिवार

राष्ट्र बैंकको नाफा ८७ अर्ब, सञ्चालक समितिको खर्च दोब्बर बढ्यो

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।

आर्थिक वर्ष २०७९-८० माराष्ट्र बैंकले  ८७ अर्ब रूपैयाँ नाफा कमाएको छ।

यो नाफा बैंकसँग मौज्दात रहेको सुन, चाँदी तथा विदेशी मुद्रा सञ्चितिको अहिले मूल्य अनुसार गरिएको मूल्यांकनको आधारमा समेत भएको हो।

अहिलेको मूल्य अनुसार मौज्दात रहेको सुन, चाँदीमा राष्ट्र बैंकलाई १७ अर्ब ११ करोड र विदेशी मुद्रामा १० अर्ब रूपैयाँ नाफा छ। यो बिक्रीबाट भएको नाफा होइन, सोही कारण यो वास्तविक नाफा नभई मूल्य उतारचढावले देखिएको नाफा मात्रै हो।

यसबाहेक नै पनि बैंकको ६० अर्ब ४८ करोड रूपैयाँ नाफा भएको छ। जबकी अघिल्लो वर्ष बैंकको यस्तो नाफा २८ अर्ब ४२ करोड रूपैयाँ छ।

बैंकको खुद ब्याज आम्दानी ३३ अर्बबाट बढेर ६२ अर्ब रूपैयाँ पुगेको छ। विदेशी मुद्रामा भएको खुद ब्याज आम्दानी ४७ अर्ब २२ करोड र घरेलु मुद्रामा रहेको वित्तीय सम्पत्तिबाट भएको खुद ब्याज आम्दानी १५ अर्ब ३४ करोड रूपैयाँ छ।

बैंकले ४ अर्ब ४८ करोड खुद अन्य आम्दानी गरेको छ। फि, कमिसनबाट १२ करोड, सुनको कारोबारबाट ५८ करोड, विदेशी मुद्राको कारोबारबाट २ अर्ब ४३ करोड कमाएको छ।

बैंकको कर्मचारी खर्च ३ अर्ब ४८ करोडबाट बढेर ३ अर्ब ९२ करोड पुगेको छ। बैंकका गभर्नर, डेपुटी गभर्नर लगायतको पारिश्रमिक र भक्ता दुवै बढेको छ। गभर्नरको पारिश्रमिक भने १३ लाख ९४ हजारबाट बढेर १६ लाख ३२ हजार पुगेको छ।

१८ लाख बराबर भक्ता बुझेका गभर्नरले गत आर्थिक वर्षमा भने ४४ लाख रूपैयाँ भक्तालगायत बुझेका छन्। गभर्नर र डेपुटी गभर्नरको पारिश्रमिक सहित समग्रमा सञ्चालक समितिलाई एक करोड ७५ लाख खर्चिएको राष्ट्र बैंकले यसपटक भने २ करोड ४ लाख खर्चिएको छ।

गत कात्तिक २२ गते बैंकको सञ्चालक समितिको बैठकले उक्त मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।