२०८१ बैशाख २० , बिहिवार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने डेढ अर्ब नाघ्यो

Share

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार परिसूचक नेप्से मंगलबार  दोहोरो अंकले घटेको छ ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १९ करोडको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब ५४ करोड रुपैयाँको भयो ।

 

 

नेप्से अघिल्लो दिनको तुलनामा १० अंक घटेको छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सिटीभ सूचक २.१ अंक घटेको छ । मंगलबारको कारोबारपछि नेप्से १८३७ विन्दुमा कायम भएको छ ।

कुल ६२ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १४ को स्थिर रह्यो ।

जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूह करिब १७ अंक बढ्यो । उत्पादन समूह सबैभन्दा धेरै २।५ प्रतिशत घट्यो ।

बैंकिङ २, विकास बैंक १५, फाइनान्स १३, होटल तथा पर्यटन ८७, जलविद्युत् ११, उत्पादन १२४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह ३० अंक घटे ।

 

सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ३।९, ग्लोबल आईएमई लघुवित्तको ३।४, नेसनल हाइड्रोको २।९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै विशालबजार कम्पनीको ९।५, माउन्टेन इनर्जीको ८।९, उन्नति सहकार्य लघुवित्तको ८।८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।