२०८१ जेठ २ , बुधवार

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्करउ त्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात शुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रमअन्तर्गत मिति २०८०÷०८÷१६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रममाझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्तरुपमा रिवन काटी निर्यातको शुरुवात गरिएको छ ।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यूनःन्इतथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफलभएको छ ।
उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ ।

व्यवसायिक घरानाशंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्तलगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले इएऋ (५३ ग्रेड,४३ ग्रेड) रपीपी सीसिमेन्ट उत्पादन गदै आएको छ ।