२०८१ बैशाख १८ , मंगलबार

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

anjana

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा विवाह भएको हो।

 

१४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन् । अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू–१९ टिमको कप्तानी समेत गरेकी थिइन्।