२०८१ जेठ ५ , शनिवार

सुनको भाउ आज तोलामा दुई हजार ४ सय रुपैयाँले घट्यो

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासंघले जनाएको छ ।

 

शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।आज चाँदीको भाउ पनि घटेको छ ।