२०८१ बैशाख २० , बिहिवार

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

IPO

सुनाखरी न्युज/ काठमाडौं ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुने मिति तय भएको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज गरिने भएको छ । उक्त आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२।४९ गुणा बढी आवेदन हो ।

 

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १ लाख १४ हजार ८०० जनाले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् । बिक्री प्रबन्धकका रुपमा रहेको एनआईएमबि एस क्यापिटलकाको अनुसारकम्पनीको आईपीओ आज मंसिर १९ गते मंगलबार बिहान १० बजे बाँडफाँड गर्ने तयारी गरेको हो।

 

कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।