२०८१ बैशाख १८ , मंगलबार

पोखरामा मंसिर २३ गते 1974 AD व्याण्डको लाइभ कन्सर्ट

Capture

सुनाखरी न्युज/ काठमाडौं । पोखरा । नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर २३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाईभ कन्सर्ट मार्फत दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले चिसो माहोललाई गर्माउने तयारीमा छ ।

पोखराका 1974 AD समुहका फ्यान उत्साहित छन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् । यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो । व्याण्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याज लगायत विभिन्न विधाका सङ्गीत प्रयोग गर्दै आएको छ । व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो जुनिमा,” “परेलिमा,” “साँझी बसु” र “चुडैना टिमरो मायाले” लगाएका गीतहरू नेपाली संगीतमा हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’ गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्तिपूर्ण व्यावसायिक गीत मानिन्छ ।

मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार रहेको बार म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए । उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ती स्तुप, रानी बनको दृश्य हेर्न सकिने बताए । म्युजीक सगैँ खानामा रमाउन सकिने पौडेले बताए ।