
सुनाखरी न्युज/ पोखरा । पोखरा १६ कुरेचौर हरिपाउँका आचार्य वन्धुहरुका कुल देवता सुना झाँक्रीको रुपमा चिनिने राधाकृष्ण आचार्यको ९३ वर्षको उमेरमा निधन भएको छ ।
वि.सं. १९८८ सालमा परमहंश स्वामी शंकरानन्दको नाती एवं जगन्नाथ आचार्य र सन्तमाया आचार्यको साईला छोराको रुपमा जन्मिएका झाक्रीको आफ्नै निवास कुरेचौरमा निधन भएको हो ।२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा त्यस क्षेत्रमा मुख्य भुमिका खेलेका आचार्य ततकालिन अर्मला गाउँ पञ्चायतको मनोनित सदस्य भई कुरेचौर तथा हरिपाउँको विकास निर्माण, सामाजिक तथा शैक्षिक विकासका साथै स्थानिय स्तरमा पाईने जडिवुटीको प्रयोग र प्रर्वद्घनमा योगदान पुर्याएका थिए । उनी भविष्य वक्ताका साथै वैद्य वाका रुपमा परिचित थिए ।
उनकाृे निधनले त्यस क्षेत्रले एक विकासप्रेमी व्यक्ति तथा घरेलु वैद्य, भविष्यवेत्तालाई गुमाएको र यसले अपुरणिय क्षति पुगेको स्थानिय श्यामसुन्दर आचार्यले वताए ।स्वर्गीय आचार्यका १ छोरा, १ वुहारी, ४ छोरी, २५ जना नाती नातीना, १० पलाती र ३ खलाती समेत छन् ।